बिर्तामोड । इलामको दानाबारीबाट विक्रीका लागि बिर्तामोडको कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । बिर्तामोडमा रहेको ल्यावमा परीक्षण गर्दा काँचो केरामा बिषादीको मात्रा उच्च देखिएको हो । 


विषादीको मात्रा उच्च देखिपछि सो केरालाई उपभोग गर्न अयोग्य भएको छ । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरामा उपभोग अयोग्य हुने अवस्थाको बिषादीको मात्रा फेला परेको हो ।

विषादीको मात्रा उच्च भएपछि केरा नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनःपरीक्षण गर्न अनुरोध गरेका छन् । 


दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२।४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।


प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि केही समय पर्खनुपर्ने भनिएको छ ।

पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४।७६ प्रतिशत र अर्गानो फस्फेट २७।६७ प्रतिशत भेटिएको बताइएको छ ।