काठमाडौं, २७ भदौ ।  प्रेमा लामगाढेले ‘मिस विभा २०२४’ को ताज पहिरेकी छन् ।  उमङ्ग क्रियशनद्वारा आयोजित फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् ।

बुधवार साँझ सम्पन्न फिनालेमा मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिर्‍याउनु भयो ।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ,अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की तथा कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहनुभएको थियो ।


प्रतियोगितामा अस्मिता शाह, डा।काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता थियो ।


विजेताले आगामी अक्टोबर २५ कात्तिक ९ मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन् ।