बिर्तामोड । भरत भाबुक प्रसाई, बिर्तामोड ७ मा रहेको कञ्चन अङ्ग्रेजी मा. विले विविध कार्यक्रम गरी ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा नानीहरुले विभिन्न नृत्य कविता प्रस्तुत गरेका थिए भने तहगत वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
जसमा कक्षा १–३ मा प्रथम , दोस्रो र तेस्रो क्रमशः रक्षा कार्कि, सेजल बाँस्कोटा र समर्पण लिम्बू कक्षा ४–५ प्रथम , दोस्रो र तेस्रो आर्जु टुडु, साम लिम्बू र फडिन्द्र पाठक त्यसै गरि कक्षा ६– ७ मा प्रथम , दोस्रो र तेस्रो क्रमशः सावित श्रेष्ठ , दिपिशा चम्लागाई र पायल वि.क क्रमशः प्रथम , दोस्रो र तेस्रो क्रमशः भएका थिए ।
त्यस्तै कक्षा ८–१० मा प्रवेश पकुवाल, नेस्मा खातुन र बिपिन रोक्का प्रथम , दोस्रो र तेस्रो क्रमशः भएका थिए, भने नर्सरीदेखि यु.के.जी सम्म बेलुन फुटाई कार्यक्रम सप्पन्न भएको थियो ।
विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दिपक चम्लागाँईले बताउनु भयो । बालमैत्री शिक्षाको पक्षमा सबैको ध्यान हुनुपर्ने उहाँले बताउनु भयो ।

विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण प्रधानाध्यापक दिपक चम्लागाईले गर्नुभएको कार्यक्रमको संचालन शिक्षक सागर कोइरालाले गर्नु भएको थियो ।

विभिन्न कक्षाका विद्यार्थीहरुले उद्घोषण कक्षा लिन थालेपछी बाचन कलामा निपुर्णता हासिल गरेकाे आजका प्रस्तुतिले देखाएको विद्यालयका फाउन्डर डिल्लीराम चम्लागाईले बताउनु भयो ।














