बिर्तामोड । भरत भाबुक प्रसाई, स्टडी पार्क बिर्तामोडको आयोजनामा सिटी सेन्टरमा पुर्वाञ्चल स्तरीय एक दिने शैक्षिक मेला आयोजना हुने भएको छ ।
बिर्तामोड स्थित स्टडी पार्कको कार्यलयमा आज पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराइएको हो ।

विश्वका ३०० युनिर्भसिटीका प्रतिनिधीहरुले विश्वका उत्तम विश्वविद्यालय र शिक्षाका सम्बन्धमा ब्रिफिङ गर्ने मेला व्यवस्थापन समितिका संयोजक मदन बुढाथोकीले जानकारी दिनु भयो ।
असोज १ गते बिर्तामोडको सिटी सेन्टरमा शैक्षिक मेला विहानको ९ वजे देखि बेलकी ५ वजे सम्म हुने जनाइएको छ ।
मेलामा पुर्वाञ्चलका विभिन्न स्थान , बिर्तामोड,दमक, भद्रपुर लगायत शैक्षिक संघ संस्थाबाट विद्यार्थीहरुको सहभागिता रहने मेला आयोजक समितिका सहजकर्ता तथा पत्रकार सरोज पौडेलले जानकारी दिनु भयो ।
झापामा ६० देखि ७० वटा कन्सल्टेन्सी रहेको बताउदै विद्यार्थीमा देखिने शैक्षिक परार्मशको अन्योलतालाई चिर्न विज्ञको सहभागितामा शैक्षिक मेलाको आयोजना गरिएको पौडेलले बताउनु भयो ।
स्टडी पार्क बिर्तामोडले विद्यार्थीहरुलाई बैदेशिक अध्यन जान प्रेरित गर्ने मात्रै नभइ स्वरोजगारका निम्ति लोकसेवा सम्बन्धि कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो ।
पौडेलले स्टडी पार्कले झापामा एउटा ब्राण्ड बनाउन सफल भएको दाबी गर्नुभयो ।
बैदेशिक शिक्षाका लागि अष्ट्रलिया, अमेरिका, जापान लगायत युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परार्मश साथै भाषा प्रशिक्षण सम्बन्धि परार्मश गराइने भएकाले शैक्षिक मेला सबै विद्यार्थीको लागि फलदायी रहने पौडेलले बताउनु भयो ।
मेलामा पुस्तक प्रदशनी स्वास्थ्य सम्बन्धि विभिन्न स्टल राखिने संयोजक बुढाथोकीले बताउनु भयो ।














