बुट्टाबारी । पूर्वेली ढुवानी सेवाले भब्य रुपमा फलामका देवता विश्वकर्माको पूजा गरी विश्वकर्मा पूजा मनाएको छ ।
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले बिर्तामोड–६ स्थित बुट्टाबारीमा मंगलबार एकै स्थानमा ३८ सवारी साधनहरुलाइ स्टाप र उनीहरुका परिवारहरुको सहभागितामा भव्य रूपमा पूजा गरेकाे हाे ।
पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा सम्पन्न गर्नु भएकाे थियाे ।
सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको सञ्चालक निर्मल खत्रीले बताउनु भयो ।
विश्वासिलो ढुवानिका लागि धेरै ग्राहकको रोजाईमा आफ्नो कम्पनी पर्न सफल भएको उहाँले बताउनु भयो । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय रहनु भएको छ ।
ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, झापाली सञ्चारकर्मी उमाकान्त खनाल,प्रदिप परियार , तिलक योञ्जन,हिमाल खरेल , भरत भाबुक प्रसाई, उद्वव पुरी, सन्तोश न्यौपाने, प्रेम आर्चाय, टिकाराम बाँस्तोला,इन्द्रसिंह राजवंशी लगायत झापाका दजनौ पत्रकारहरु, प्रहरी, सवारी साधनका स्टाफलगायतको बाक्लो उपस्थिती रहेको थियो ।