बिर्तामोड नगर प्यापशनका अध्यक्ष उत्तम खनाल,हिसान झापाका सचिव एवं न्युटन अग्रेजी स्कुलका प्रधानाध्यापक देवेन्द्र हुमागाँइ, कञ्चन अंग्रेजी विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाँइ लगायत विभिन्न शैक्षिक संघसस्थाहरूकाे बाक्लो उपस्थिती रहेको थियाे । कार्यक्रमको पहिलाे चरण सहर्जकता तथा पत्रकार सरोज पौडेल र दोश्रो चरण लोकेन्द्र थपलियाले सञ्चालन गर्नु भएको थियो ।
स्टडी पार्क एजुकेशन बिर्तामोड शाखाका प्रबन्ध निर्देशक मदन बुढाथोकीले एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरुले काउन्सिङ बाट धेरै कुरा हासिल गर्ने प्रतिक्रिया दिनु भयो ।
कार्यक्रममा अभिभावक तथा विभिन्न तहका नेतृत्वहरुले यस किसिमको एजुकेशन फेयरले विद्यार्थीहरुमा देखिएको अन्योलतालाई चिर्न मद्वत पुग्ने बताएका थिए । सहभागी बिद्यार्थीहरुलाई विश्वका ८ भन्दा बढी मुलुकका एक्सपटिजहरुले परार्मश दिएका थिए ।
कार्यक्रमलाई रोचक बनाउन मेची बहुमुखी क्याम्पसका सन्देश प्रसाईले गजल र जमुना बरालले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका संयोजक मदन बुढाथोकीले सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो परार्मश लिएर त्यहाँको भाषा रहनसहन परिवेशको अध्ययन पश्चात मात्र पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई भोलि गएर कुनै समस्या नहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा जापान, कोरिया युके , अष्टेलिया, क्यानडा, नेदरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रहरुमा रहेका युनिर्भसिटीको परार्मशका लागि ति देशहरुबाट प्रतिनिधीहरुको बोलाइएको अर्का सञ्चालक तथा सहजकर्ता सरोज पौडेले बताउनु भयो ।