बिर्तामोड ।  भरत प्रसाई, सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिले  नयाँ कार्यसमिति चयन गर्दै १४औं साधारण सभा तथा मान्युट प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

बिर्तामोड स्थित आदर्श बेङकुवेटको सभाहलमा आयोजित साधारण सभाले सुवास भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।

IMG_2040

जसमा उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट , सदस्यहरुमा  लिला अधिकारी, मसखिया, शशिकला सुनुवार,चन्द्रकला भटट्राई,प्रकाश भट्टराई र नवीन योगी रहनु भएको छ ।  

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले संस्थाको कार्यविधी प्रस्तुत गर्दै उपस्थित शेयर सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।

 उहाँले  १४ वर्षमा प्रवेश गर्दै गर्दा सेवाको दृष्टिकोणमा तेश्रो स्थान  र कार्यक्षेत्रको  पहुँचको आधारमा दोश्रो स्थान ओगट्न सफल भएको बताउनु भयो ।

 तत्कालिन ५५ शेयर सदस्यहरुको २० लाख ५० हजारबाट शुरु  गरिएको संस्थामा छोटो अवधिमै ६४ हजार २ सय ३६ जना शेयर सदस्य क्रियाशिल रहेको कार्यकारी प्रमुख र बस्नेतले बताउनु भयो ।

IMG_2027

 संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले  शेयर सदस्यहरुका निम्ति निशुल्क स्वास्थ्य विमा उपलब्ध गराईने बताउनु भयो ।

 प्राकृतिक सम्प्रदाको प्रवद्वन, बिकास र खेलकुद, समुदायिक शैक्षिक क्षेत्रमा टेवा पुग्ने खालका कार्यक्रममा संस्था सहभागी हुने उहाँले बताउनु भयो ।

 उहाँले शेयर सदस्यको सुलभतका निम्ति आधुनिक वित्तिय प्रणालीका बोरमा जानकारी गराइने बताउनु भयो । कार्यक्रमका बिच प्रेस चौतारीका  झापा जिल्ला उपाध्यक्ष तथा इजलास दैनिकका सम्पादक प्रदिप परियार र प्रेस युनियन माई पश्चिका उपाध्यक्ष  तथा  निष्कर्ष न्युजका सम्पादक बिष्णु पौडेललाई जनही १०/ १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहनुभएकी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई तथा अध्यक्ष भट्टराईले संयुक्त रुपमा शेयर सदस्य बब्लि खातुनलाई सिलाई मेसिन हस्तान्तरण गर्नु भएको थियो । 

IMG_2026

त्यस्तै ८०/८१ सालको उत्कृष्ट बचतकर्ताको रुपमा मेचीनगर निवासी कमल पाण्डे, उत्कृष्ट सेवा केन्द्रको रुपमा धुलाबारी केन्द्र र कार्यलय व्यवस्थापन तथा आन्तरीक सुशासनमा उत्कृष्ट बन्न सफल मधुमल्ला सेवा केन्द्रलाई जनही १५ / १५ हजार प्रदान गरिएको थियो । निर्वाचित भएपछी संस्थाका अध्यक्ष भट्टराईले  संस्थाको ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बताउनु भयो ।

उहाँले सबैसंग मिलेर सहकारी संस्था र शेयर सदस्यहरुको हितका निम्ति काम गर्ने बताउनु भयो । उहाँले संस्थाले १ करोड २० लाख ८ हजार ३ सय शेयर पुजी बृद्वी गर्न सफल भएको बताउनु भयो ।

करीव १३.९ प्रतिशत मात्रै शेयर पुजी बृद्वी भएको उहाँले बताउनु भयो  ।संस्थाले बचत रकममा २८ करोड ३३ लाख ५८ हजार ३ सय ८६ रुपैया संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  संस्थाले यो पटक ४६ करोड १० लाख २५ हजार ३ सय ६९ रुपैंया  आम्दानी गरेको प्रतिवेदनमा जनाइएको छ ।

IMG_2068कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष केशव भट्टराईले पत्रकार स्वास्थ्य उपचार कोषका निम्ति  गरेको सहयोग प्रति सिम्रिक बचत सहकारीलाई धन्यवाद  दिनु  भएको थियो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा विभागका अधिकृत तृतीय प्रेम बस्नेतले गर्नु भएको थियो ।