बिर्तामोड ।भरत प्रसाई, कोशी प्रदेश संवाद समूहको आयोजनामा सहकारीका समस्या,चुनौती र समाधानका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी नीति,संवादबाट आएका सुझाव, विज्ञको तर्कलाई समावेश गरी सहकारी सम्बन्धीकानुन निमार्णाथ सरोकारवालाको परार्मश लिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कोशी प्रदेश संवाद समूहका संयोजक सुमन सुस्केराले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीमा साझा समस्याहरु, सञ्चालक तथा पदाधिकारीहरुमाथीको प्रश्न , सहकारीमा कर्मचारी व्यवस्थापन, प्रहरी कारबाहीमा लचिलोपनको अपेक्षा ,तहगत सरकारको भुमिका लगायत सहकारी आन्दोलनका विविध पक्षमा छलफल गरिएको थियो ।
झापाको बिर्तामोड स्थित होटल हेवनमा सम्पन्न कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको थियो ,जसमा पहिलो चरणमा सरोकारवाला संग सहकारी नीति र दोश्रो चरणमा सहकारी र राजनिती बिचको सम्बन्ध बिषयमा रहेर अन्तरसम्वाद गरिएको थियो ।
अन्तरसम्वादमा आफ्नो सारांश प्रस्तुत गर्दै कोशी प्रदेशकी प्रदेश सभा सदस्य कमला थापाले सहकारीलाइ बचाई राख्न नीति भन्दा नियत साफ हुनु पर्ने बताउनु भयो ।उहाँले शुसासनमा विचलन आउँदा धेरै गरीव विपन्न जनताको पैसा डुबेको बताउनु भयो ।
आत्मा–आलोचना गरी सञ्चालक समितिले गलत गर्नेका विरुद्व कडा भन्दा कडा कारबाहीकाे
नीति अङगिकार गरे सहकारी क्षेत्रमा देखिएको गलत प्रवृति हटेर जाने बताउनु भयो ।
त्यस्तै सहकारी अभियन्ता गोमा नेपालले सहकारी आन्दोलनलाई गन्तव्यमा पु¥याउन परिभाषित जिम्मेवारीमा सबै लाग्नुपर्ने बताउनु भयो ।
लामो समयबाट सहकारी अभियन्ताको रुपमा रहनु भएका रामचन्द्र मैनालीले नेपाली समाज सहकारी समाज बन्न नसक्दा यसको प्रत्यक्ष अप्रत्यक्ष असर गरीव विपन्नहरुमा पर्न पुगेको बताउनु भयो ।
उहाँले शाखा बिस्तारको नीति मात्रै नलिएर शेयर सदस्यको सुविधामा सहकारी संस्था लाग्नु पर्ने बताउनु भयो ।
सहकारीमा शुसासन प्रविधिमा एकरुपता भन्ने नारा साथ सहकारी आन्दोलन अगाडी बढेका उहाँले बताउनु भयो ।
सहारा नेपालको व्यवस्थापन तथा कोशी प्रदेश संवाद समूहको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण संवाद समूह झापाका अध्यक्ष एकराज गिरीले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष झलकबहादुर मगर, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, प्रदेश सभा सदस्य छविलाल चुडाल, पत्रकार अर्जुन राजवंशी, उद्वव पुरी, सन्तोश न्यौपाने,सुरेन्द्र भण्डारी, भरत प्रसाई, विनोद पाण्डे लगायत दजनौ सहकारीकर्मी, प्रदेश सरकारका प्रतिनिधी र नागरिक समुदायको बाक्लो उपस्थिती रहेको थियो ।














