बिर्तामोड । भरत भाबुक प्रसाई , झापाको बिर्तामोडमा रहेको चिड्रेन हस्पिटलले आफ्नो तेस्रो बार्षिक उत्सव पत्रकारसंग वडा दशैको शुभकामना आदान प्रदान गरी मनाएको छ ।

राज्यको चौथो अंग पत्रकारहरुले सूचना सम्प्रेषणमा खेलेको भूमिकाको सम्मानस्वरुप हस्पिटलले बार्षिक उत्सव पत्रकारहरुसंग मनाउन चाहेको हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष लिला मैनालीले बताउनु भयो ।


444444 1

उहाँले   झापाको पहिलो बाल अस्पतालको रुपमा परिचित अस्पतालले गत एक बर्षको अवधिमा दुई हजार सात सय ५१ जनालाई ओपिड सेवा तथा १ हजार ७४ जनालाई इमरजेन्सी सेवा प्रदान गरीसकेको  बताउनु भयो । 

औपचारीक कार्यक्रमलाई हस्पिटलकी सिइओ सुजता आर्चायले स्वागत गर्दै पत्रकारहरको अहम सहयोगका कारण अस्पताल यो स्थितिमा आइपुग्न सफल भएको बताउनुभयो ।

उहाँले  नवजात शिशुहरुको उपचार गर्नु आफैमा जटिल कुरा रहेको बताउनु भयो । यस अस्पतालमा भर्ना भएका बिरामीहरुमध्ये ९९.९ प्रतिशत बालबच्चाको सफल उपचार पश्चात घर फर्केको बिर्तामोड चिल्ड्रेन हस्पिटलका प्रबन्ध निर्देशक बरिष्ट बालरोग विशेषज्ञ डा.रूपक आचार्यले  बताउनु भयो । 

555555 डा.आचार्यले मेनेन्जाइटिजस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, अटिजम लगायतका रोगहरु  बालबालिकामा देखा पर्ने  गरेको बताउनु भयो ।

यस अस्पतालले १ बर्षको अवधिमा  विभिन्न शिर्षकमा जम्मा २४ लाख २४ हजार ३ रुपैंया छुट दिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

अस्पतालले गाउँपालिका नगरपालिका साथै विभिन्न संघसंस्थासँग समन्व्य गरेर नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यका विषयमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको छ ।

अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजिको समेत व्यवस्था सहित २४ सै घण्टा सेवा प्रवाह गरिरहेको प्रबन्ध निर्देशक डा. आचार्यले बताउनुभयो । 

123456 1

६ जना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिंङग स्टापसहितको सेवा प्रदन गर्दै आएको अस्पतालले  थप छिट्टै अन्य सेवा विस्तारमा लाग्ने चिड्रेन हस्पिटलका संस्थापक  दिपक आर्चायले जानकारी दिनु भयो । 

कार्यक्रमका अतिथी समेत रहनु भएका पत्रकार महासंघ  झापाका अध्यक्ष एकराज गिरीले अस्पताल प्रशासनले पार्किङको व्यवस्थापनमा पहल गर्नु पर्ने सुझाउदै झापामा चिड्रेन हस्पिटलको रुपमा कमाएको पहिचान सधै जिवन्त राख्न हस्पिटल व्यवस्थापन समितिलाई विशेष आग्रह गर्नुभयो ।

88888कार्यक्रममा पत्रकार लिलाराज झापाली, एकराज प्रधान,गोपाल काफ्ले र रमेश समदर्शीले चिड्रेन हस्पिटलको योजना, छुट र बालमैत्री हस्पिटलका सन्र्दभमा विभिन्न जिज्ञासा राख्नु भएको थियो ।  कार्यक्रमको सञ्चालन पत्रकार लिला अनमोलले गर्नुभएको थियो ।