झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले आज घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ।


केही दिन अगाडिबाट कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण गरेको वडाले कार्यालयमा आउन नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको हो।


वितरण कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलको नेतृत्वमा चन्द्रमणि खरेल, दीपक कार्की, रुद्र कार्की र कर्मचारी लक्ष्मण शाहीको टोली रहेको थियो ।


गत शनिबार पनि कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो।

0015c1eb-5378-4206-87cf-e3494c26a20bभिडभाडलाई मध्यनजर गर्दै कार्यालयले अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमै राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाउ दिएको थियो।


आज लाभान्वित परिवारहरूबाट यो कार्यको खुलेर प्रशंसा भएको वडा अध्यक्ष खरेलले जानकारी गराउनुभयो।