बिर्तामोड । भरत भाबुक प्रसाई, पठन संस्कृतिको बिकास गर्ने उदेश्यले बिरता रिर्डसकोद्वारा आयोजित किताब मेलामा पाठकको उपस्थिती उल्लेखिय रहको छ ।

 गत असोज ७ गतेबाट सञ्चालित किताब मेलामा झापाका विभिन्न जिल्लाबाट पाठकहरु आउने क्रम जारी रहेको मेला ब्यवस्थापन समितिका संयोजक तथा लेखक तीर्थ सिग्देलले  बताउनु भयो ।

IMG_2893

किताब मेलामा भेटिनु भएका हल्बिारी हरी गौतमले आफुले अपेक्षा गरे अनुरुपको किताब सहजै पाइएको मा खुसी व्यक्त गर्दै मेलाको सफल्ताको शुभकामना दिनु भयो । उहाँले यस्तो किसिमको मेला पटक पटक लागाउनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै दमक झापाका मदन अधिकारीले पुस्तकप्रेमी पाठकका लागि मेला फलदायी रहेको बताउनु भयो ।

IMG_2895

उहाँले पठन संस्कृतिको बिकास गर्नका लागि बर्षमा एक पटक मात्रै हैन पटक पटक यस किसिमका मेलाको आयोजना गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै बुद्वशान्तिका मनिस दाहालले अथाह ज्ञानको कुञ्जको रुपमा किताव मेलालाई चित्रण गर्दै आफुले फरक विधाका धेरै पुस्तक किनेको बताउनु भयो ।

  त्यस्तै इलाम ६ की गंगा कटुवालले आफ्नो विधा अनुसारका किताब राखिएको बताउदै आफुले खोजेको साहित्य विधाको पुस्तक खरीद गरेको बताउनु भयो ।

उहाँले आयोजकलाई विशेष धन्यवाद दिदै मेला सफल हुनेमा आशावादी रहको बताउनु भयो ।

मेला ब्यवस्थापन समितिका संयोजक तथा लेखक सिग्देलले अपेक्षा भन्दा राम्रोमात्रामा पाठकहरुको उपस्थितीले आफुहरुलाई थप हौसला मिलेको बताउनु भयो ।

  किताब मेला यही २३ गते सम्म सञ्चालन हुने छ  ।