काठमाडौं। भरत प्रसाई, जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुट्नु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको प्रतिक्रिया दिनु भएको छ ।

साइबर अपराधसम्बन्धी मुद्दामा मंगलरबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा हुनु भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताउनु भएको हो । 

उहाँले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताउनु भयो ।

उहाँले भन्नु भयो,देशको अबको देशको प्रधानमन्त्री म नै हो ।’ अहिलेसम्म राजनीति नगरेको बताउँदै अब भने त्यसमा होमिएको प्रसाईंले आफ्ना समर्थकलाई  बताउनु भयो ।

जनता र समाजको रुपान्तरणका लागि अब आफुले राजनीति गर्ने उहाँलेबताउनु भयो ।