बिर्तामोड। भरत भाबुक प्रसाई, साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा कवि कविता शर्माको कविता संग्रह समयको बारुद चर्चा परिचर्चा साथै दशै पर्वको शुभकामना आदानप्रदान तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य र प्राज्ञ पवन राजवंशीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
अध्यक्ष ढुङ्गेलले औचित्यमाथी प्रकाश पार्दै साहित्य कला संस्कृति प्रतिष्ठान सबै साहित्य कला संगितलाई माया गर्ने अनुरागीहरुको संस्था रहको बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ पवन राजवंशी,प्रलेसका केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, झापा अध्यक्ष लिलाप्रसाद अधिकारी,गायक हस्त परियार, पुण्यप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार भरत गुरागाँई, गणेश निरौला, तुलसीप्रसाद निरौला,लीला अनमोल, प्रिन्स प्रमोद ढकाल, बिनोद खनाल, मोक्ष खतिवडा, लक्ष्मीअच्युत ढुंगाना, मधु पोखरेल ,टीका भट्टराई नेपाल, गोपाल संग्रौला,जयप्रसाद आचार्य, डिल्लीराम परदेशी, गंगा ओडारी, पर्शुराम तिम्सिना,अशोक तिवारी,पुस्पा सुबेदी नेपाल, भक्तिप्रसाद मैनाली,जय भण्डारी,कविता शर्मालगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा बिध्यार्थीहरू सौगात घिमिरे,गृष्मादेश प्रसाई, लुना ओली,सम्बृद्वी ढुङ्गेल, अस्बिन भारती,अरूण भारती लगायतले रचना वाचन गरेका थिए।
सोही कार्यक्रममा कवि कविता शर्माको कविता संग्रह समयको बारूदको चर्चा परिचर्चा गरिएको थियो ।
संस्थापक सल्लाहकार डाक्टर गोपीकृष्ण खतिवडाले पुस्तकको चर्चा गर्दै कविता संग्रहले कविताको मर्मलाई न्याय गरेको बताउनु भयो ।

कार्यक्रममा मातृकाप्रसाद संग्रौलाले पुर्वमा दुर्लभ हुदै भएको मसक बाजा बजाएर र देवी पञ्चकन्या नौमती बाजा समूहद्वारा नौमती बजाएर मनोरञ्जनकाे साथै सांस्कृतिक झल्को प्रस्तुत गरिएकाे थियाे ।

सरगम संगितालयका कलाकारले दशै सम्बन्धी नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद भट्टराईले गरेको संस्थाका सल्लाहकार जनक खड्काले जानकारी दिनु भयो ।













