बिर्तामोड । भरत भाबुक प्रसाई , क्षितिज संगित साधना प्रतिष्ठानको आयोजनामा वडादशै तथा दिपावली शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
झापाको बिर्तामोड १ स्थित झापा नाटक घरमा आयोजित कार्यक्रममा मंसिरको पहिलो हप्ताबाट मञ्चन गरिने परिबन्ध नामक नाटकको केही अंश प्रस्तुत गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

क्षितिज नाट्य बिभाग प्रमुख गजेन्द्र पृथकको लेखन र निर्देशन रहेको नाटकमा राजकुमार भट्टराई ,समीक्षा खतिवडा, विवेक मिश्र, राकेश दर्नाल,माधव सिटौला,भिमा खतिवडा, दिपा ढकालको अभिनय रहेको थियो ।
संस्थाका अध्यक्ष निरज पोखरेलको अध्यक्षता तथा प्राज्ञ हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई क्षितिज नाट्य प्रतिष्ठानका उपाध्यक्ष हरीप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो ।
क्षितिज नाट्य प्रतिष्ठानको केन्द्रिय सदस्य अर्जुन खरेलले मेरो खुकुरी बोलको राष्ट्रिय गीतद्वारा कार्यक्रममा रौनकता थप्नु भएको थियो ।
क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य भिमा खतिवडाले काली पारी दाई कति राम्रो बोलको गित , कवि सालिग्राम दाहालले जीवन शिर्षकको कविता, पत्रकार तुलसीप्रसाद निरौलाले फेसबुक शिर्षकको कविता, सञ्जय सिवाकोटी र , माधवप्रसाद सिटौलाले गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जयन्द्र साहित्य सेवा प्रतिष्ठानका संयोजक गोपिकृष्ण प्रसाईं, सुनगाभा बोडिङका प्रधानाध्यापक मिलन श्रेष्ठ, गीतकार टीका भट्टराई लगायतले शुभकामना आदान प्रदान गर्नु भएको थियो ।
साहित्य कला संगित प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलले गजल प्रस्तुत गर्दै साहित्य कलाको संरक्षणमा नाट्य प्रतिष्ठान जुटिरहेको बताउनु भयो ।
जयन्द्र साहित्य सेवा प्रतिष्ठानका संयोजक गोपिकृष्ण प्रसाईंले शुभकामना दिदै सामाजिक एकताका निम्ति यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
उहाँले असत्यमाथी सत्यको बिजयका रुपमा रहेको बडादशैले सबै नेपालीको घर आँगनमा सुख र समृद्धि छरेको बताउदै,सबैले आफ्नो क्षमता अनुसार चाँडपर्व मनाउन आग्रह गर्नु भयो ।
क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी भट्टराईले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।














