बिर्तामोड । बिरता रिर्डसको आयोजना तथा साहित्य पत्रकार मञ्च र झापाली साहित्य समाजको सहकार्यमा रचना बाचन तथा दशै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य मेला २०८१, स्थलमा आयोजित कार्यक्रममा झापाका ६ जना श्रष्टाहरुले विशेष रचना बाचन गरेका थिए ।
पठन संस्कृतिको बिकास गरौ भन्ने नाराका साथ आयोजना गरिएको किताब मेलाले झापाका गजलकार र कविहरुलाई जोड्ने काम गरेको छ ।
कार्यक्रममा गजलकार केशव आर्चायले वडा दशैको शुभकामना दिदै लेखनकला बिकास नहुनु र पुस्तक प्रकाशन गर्ने होडले धेरै गल्तीहरु हुने गरेको बताउनु भयो ।
कार्यक्रममा विरता रिर्डसका संयोजक तीर्थ सिग्देलले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै कार्यक्रम गर्दा छाटो र समयमै समापन गर्ने अभ्यासको थालनी गरको बताउनु भयो ।

उहाँले सृजनशिल्तामा रमाउने साहित्यकारहरुको बाक्ला उपस्थितीले कार्यक्रम सार्थक बन्न पुगेको बताउनु भयो ।

कार्यक्रममा कान्छो भुपेन्द्र आर्चाय गजल,उमेश विरोधी गजल, भरत भाबुक प्रसाई कविता, जिना अधिकारी कविता,विवेक निसानी कविता, विजय साधकले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गजलकार आर्चाय, साहित्यकार दुर्गाप्रसाद सिग्देल,तुलसीप्रसाद भट्टराई, कार्यक्रम संयोजक केशव मैनाली , पवन ढुङगेल,आख्यानकार मिलन संग्रौला, पत्रकार तथा साहित्य पत्रकार मञ्चका सह–संयोजक रवीकिरण बान्तवा, झापाली साहित्य समाजकी उपाध्यक्ष तथा गजलकार संगिता कोइराला, साहित्यकार टंकमणी दाहाल, सरोज पौडेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको झापाली साहित्य समाजका अध्यक्ष तथा साहित्य पत्रकार मञ्चका संयोजक हरी बरालले गर्नुभएको थियो ।














