बिर्तामोड । झापाको हल्दीबारीबाट जुवा खेलिरहेको समयमा १३ जना पक्राउ परेका छन् । हल्दीबारी १ का गजेन्द्र काङ्बाङको घरमा जुवा खेलिरहेको समयमा उनीहरु पक्राउ परेका हुन् । 


पक्राउ पर्नेहरुमा हल्दिबारी गाउपालिका वडा नम्बर १ का यज्ञराज त्रिताल, बिर बहादुर गुरुङ, रामनाथ साह, भानुभक्त नेपाली, अशोक राई, सरोज दाहाल, प्रकाश गिरी, बिर्तामोड नगरपालिका(५ बस्ने राजन चुडाल रहेका छन् ।

यसैगरी भद्रपुर नगरपालिका–१० बस्ने राजेन्द्र तुलाधर,  माधव भट्टराई, रामबाबु राउत, भद्रपुर –७ का बिशाल अधिकारी र  ८ का सुबास न्यौपाने रहेका छन् । 


गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  उनीहरुको साथबाट नगद ८३ हजार २८५ कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोवाइल ११ र किप्याड मोवाइल २ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसंधान गरिरहेको प्रहरीको भनाई छ ।