बिर्तामोड । भरत प्रसाई, विश्व शान्ति एवं पितृ उद्धारका निमित्त श्री अर्जुनधारा जलेश्वर धाममा ४२ औँ बार्षिक अनुष्ठान हुने भएको छ । 

यहि मंसिर ८ गतेबाट १५ गते सम्म आयोजना गरिएको अनुष्ठानमा  १ सय ८ विद्धान आचार्यबाट श्रीमत भागवत महापुराण पाठपारायण गराइने छ ।

Capture 9धर्मदर्शन फाउनडेसनका संस्थापक तथा अन्तराष्ट्रिय कथा वाचक १८ पुराणका प्रवक्ता पंण्डित कुबेर सुवेदीको मुखाराबृन्दबाट संगितमय भागवत कथा प्रवचन हुने आज बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

 १०८ भागवतका लागि झापा जिल्लाभरिका १५ वटै पालिका लगायत अन्य ठाउँबाट गुरुहरुको प्रतिनिधित्वमा हवनात्मक महायज्ञ हुने श्री अर्जुनधारा जलेश्वर धामका मुल अर्चक तथा कार्यक्रमको सह–आचार्य अग्निप्रसाद सिग्देलले बताउनुभयो ।

4444444

उहाँले ५ जना आचार्यका साथमा ५१ जना बटुकहरुद्वारा गरिने महायज्ञले बैदिक सनातन धर्ममा विश्वास र आस्था राख्ने समपुर्ण मानव कल्याणको रक्षा लागि महायज्ञको आयोजना गरेको बताउनुभयो । 

अनुष्ठान सम्पन्न गर्न विभिन्न विषयगत १० वटा उपसमितिहरु गठन गरी व्यवस्थापन गरिएको छ ।

गुरुकुल अक्षयकोष, अन्नदान, आजिवन सदस्यता, धनधान्यचाल, ताण्डुलाचल, गंगा महाआरतीको पनि कार्यक्रम रहेने छ । मंसिर ८ गते बिहान  ११ बजे विभिन्न जातजातीका भाँकी सहित नगर परिक्रमा गरेर प्रमुख अतिथिज्युबाट कार्यक्रम समुद्घाटन हुने छ ।

दैनिक बिहान ७ बजेदेखी धामका मुल सर्जक अग्नी प्रसाद सिग्देल ज्युबाट मण्डपपुजा  पाठपरायण हुने भएको छ ।

123 1१५ गते बिहान ७ बजेबाट शतबिज रोपण, पुर्णहुती, तिलकपाती, बितरण गरिदैँ कार्यक्रमको समापन गरिने  बार्षिक अनुष्ठानका संयोजक नीरजकुमार ओलीले बताउनु भयो । 

 पुर्वको पशुपतिनाथको नामले परिचित धार्मिक पर्यटकिय अर्जुधारामा आयोजना हुन लागिएको  अनुष्ठान बाट संकलित रकम अर्जुधारामा अध्ययनरत बटुकहरुको स्वास्थ र शिक्षामा खर्चिने स्वागत दाता तथा सम्पर्क उपसमितिका संयोजक नवीन गट्टानीले बताउनु भयो ।