बिर्तामोड । भरत भाबुक प्रसाई, नेपालिको घर आँगनमा तिहार आए संगै देउसीको तयारीमा नेपाल भित्रका विभिन्न संघ सस्था साथै नेपालीहरु जुटेका छन् ।
त्यस्तै झापाको बिर्तामोड १ मा रहेको क्षितिज नाट्य प्रतिष्ठानले सम्वाद सहितको कारुणीक नेपाली कथालाई समावेश गरी देउसी गितको छाँयाङकन सम्पन्न गरेको छ ।
नाट्य हलमा छाँयाङकन गरीएको गितको रचना क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष माधव कल्पितले गर्नुभएको हाे ।
चन्द्र सुब्बाको छाँयाङकन रहेको गितमा क्षितिज नाट्य समूहका कलाकारहरु, गजेन्द्र पृथक ,माधव प्रसाद सिटौला,समीक्षा खतिवडा,प्रकाशचन्द्र उप्रेती ,देबीमाया प्रसाई, राजकुमार भट्टराई, तुलसी प्रसाद निरौला, तुलसीप्रसाद सिग्देल,भिमा खतिवडा, निरज पोखरेल,डिल्ली कडरयिा लगायत दर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् ।
सोम मग्राती र पारु खतिवडाको श्रङगार रहको गितलाई लाइट तथा संगीत व्यवस्थापन बिबेक मिश्र र प्रज्वल भट्टराईले गर्नुभएको छ ।
मुलत विपन्न भएकै कारण चाँड पर्व मनाउन नपाउँदाको पिडा यस गितमा प्रस्तुत गरीएको छ ।

भुइ मान्छेको जिवनमा पर्वले खुसी हैन पिडा दिएको नेपाली जिवनको सत्यतालाई लेखक कल्पितले राम्रो संग प्रस्तुत गर्नु भएको छ ।
संस्कृति भाषा साहित्य र कलाको संरक्षणमा जुट्ने गरेको प्रतिष्ठानले सामाजिक जागरणका निम्ति दैउसी गितको निर्माण गरेको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष कल्पितले नागरिक बचाउ महाअभियान नेपाल,क्षितिज नौमती बाजा, सिम्रिक बचत ऋण सहकारी परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्दै , देउसी गितलाई स्विकार गरीदिन अनुरोध गर्नुभयो ।
धनीले सधै दमन गर्ने, राज्यले सधै विपन्नलाई जनता नै नसम्झने परीपाटीका कारण गाँउ र शहर नाङगिएको बास्तविकता देउसी गितले बोलेको उहाँले बताउनु भयाे ।














