खादबारी । संखुवासभाको मकालु गाँउपालिका -५ मा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको टिप्पर अनियन्त्रित भएर दुर्घटना हुदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । 

साईडमा काम सकेर फर्किदै गर्दा अनियन्त्रित भई टिप्पर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

घटनामा टिफर चालक भारतीय नागरिक शैलेन्द्र प्रताप सिंहको, सारुक महमद, योगेन्द्र पाल र ईश्वर पासवान घाइते भएका थिए।

घाइते मध्ये टिपर चालक सिह र सारुक महमदको जिल्ला अस्पताल खादवारीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अर्का गम्भीर घाइते पासवानलाई थप उपचारका लागि धरान पठाइएको जनाइएको छ ।