काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका कार्यवहाक प्रवक्ता मनीष झाले आज विज्ञप्ति जारी गर्दै लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरेका हुन्।
रास्वपाले संसदीय छानबिन विशेष समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको कुनै संलग्नता नरहेको दाबी गर्दै हिरासत मुक्त गर्न माग गरेको छ।














