स्वीकारोक्ति फाउन्डेसनले अस्तित्वको न्यायिक सम्बाेधन विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड –३ स्थित पिज्जा धरको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक डेन्जोम साम्पाङले स्विकारोक्ति दर्शनका सम्बन्धमा प्रकाश पार्नुभयो ।

उहाँले अस्विकृतिका कारण समाजमा विभिन्न द्वन्द स्थापित हुने बताउँदै , विश्वलाई हरित बनाउन सके हरेक मानिस सम्पन्न भएर बाच्न सक्ने बताउनु भयो ।

3

कार्यक्रमका प्रमुख अतिथि डा .गोविन्दराज भट्टराईले विश्वमा स्वीकारोक्ति गर्न सके मानवका समस्या समाधान हुदैं जाने बताउनु भयो ।

उहाँले यो दर्शनका सम्बन्धमा जन–जनमा चेतना पुर्याउन आवश्यक रहको बताउनु भयो ।

कार्यक्रमका बरिष्ठ अतिथी मुक्ति बरालले अभियानले पृथ्वी बचाउ अभियान नेपालबाट थालेको बताउदै ,विश्वमा आफ्नो दर्शन स्थापित गराउन लागि परेकोमा स्विकारोक्ति फाउन्डेशनलाई धन्यवाद दिनु भयो ।

फाउन्डेशनले जाति प्रेमका लागि महत्वपूर्ण काम गरेको उहाँले बताउनु भयो । अर्का बरिष्ठ अतिथी, साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले संस्थाले नेपाली साहित्यिक श्रष्टाहरुको सम्मान सहित साहित्य क्षेत्रमा पुर्याएको योगदानलाई खुलेर प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा .गोविन्दराज भट्टराईले विश्वमा अधिनायकवाद नचल्ने बताउनु भयो ।

IMG_5891पृथ्वीमा रहेका हरेक जीव जन्तु र मानिसहरुको अस्तित्व, विभिन्न जातजातिको अस्तित्व स्विकार गर्नु नै स्विकारोक्ति भएको बताउनु भयो ।

उहाँले संस्थापक साम्पाङ बौद्व दर्शनबाट प्रेरित रही विश्वको हितका लागि निश्वार्थ भावनाले समर्पित भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।

अभियन्ता तथा साहित्यकार विवश वलिभद्र कोईरालाले स्वागत गरेका कार्यक्रमको सञ्चालन गजलकार तथा अभियन्ता दिलिप धिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा गजलकार खगेन्द्र खुसी तथा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले कविताको माध्यम द्वारा स्विकारोक्ति अभियानको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार मात्रिका संग्रौला, पत्रकार तथा अभियन्ता अर्जुन उप्रेती , पत्रकार भुपेन् तिम्सिना सामाजिक व्यतित्व गोपाल मैनाली,भारतिय साहित्य महासंधका अध्यक्ष राहुल बगिराई, पत्रकार केशव भट्टराई , भरत भावुक प्रसाई लगायत स्वीकारोक्ति अभियन्तका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फाउन्डेसनका संस्थापक डेन्जोम साम्पाङले दोश्रो श्रङखलाको सहजीकरण गर्दै संस्थाका प्रतिनिधीहरुलाई फाउन्डेसनको योजना र कार्यक्रम बारे ब्रिफिङ गर्नु भएको थियो ।