अर्जुनधारा । भरत भाबुक प्रसाई, साहित्य चौतारी झापा नेपालले संस्थाका सल्लाहकार तथा अभिनन्दित अग्रज सर्जक स्व.सरोज कुमार ओलीको ९औं दिनको पुण्य तिथीको अवसरमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
अर्जुनधारा स्थित दिवंगत ओलीको निवासमा साहित्य चौतारी झापाले विशेष कार्यक्रमको आयोजना गरी सर्जक ओलीलाई विशेष स्मरण गरेको हो ।
तेह्रथुम आठराई गाँउपालिका वडा न.५ होडामा जन्मिएका दिवंगत ओलीले साहित्य चौतारीको स्थापनाकाल २०५६ देखि निरन्तर अभिभावकत्व निर्वाह गर्दै संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आउनु भएको थियो । उहाँ गएकोे कात्तिक १६ गते दिवङगत हुनु भएको हो ।
साहित्य चौतारी झापाका सल्लाहकार संयोजक राजेन्द्रप्रसाद संग्रौलाले सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले पुष्प अर्पण गरि उहाँलाई स्मरण गरेका थिए ।
एक मिनेट मौन धारण गरी सुरु गरीएको कार्यक्रममा अग्रज साहित्यकार तथा लेखक कृष्ण धरावासीले सर्जक ओलीले साहित्य र शिक्षाको क्षेत्रमा पु¥याउनु भएको योगदानका सन्दर्भमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा कार्यसमिति सदस्य मिना अधिकारीले छन्द कविता ,र साहित्यकार विनोद खनालले उहाँकै पुस्तक माटोको माया बाट युग र माटो सुहाँउदो शिक्षा हुनु पर्छ ,विषयको कविता प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङले समवेदना बाचन गरेर सुनाउनु भएको कार्यक्रममा संस्थाका अध्यक्ष देविभक्त श्रेष्ठले दिवंगत ओलीको जीवनी चर्चा गर्दै साहित्य चौतारीले उहाँको योगदानलाई कहिल्यै नर्विसिने बताउनु भयो ।
अग्रज साहित्यकार कोमल प्रसाद पाखरेलले भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै झापाले साहित्य र शिक्षा विधाका एक हस्ती गुमाएको बताउनु भयो । समवेदना कार्यक्रममा साहित्य चौतारीका संरक्षकद्वय देवी भक्त श्रेष्ठ, उर्मिला बिमली श्रेष्ठ, मानार्थ सल्लाहकार कोमल प्रसाद पोखरेल, लोकनाथ पौडेल,उपाध्यक्ष हिम्मत नेम्वाङ,सल्लाहकार संयोजक ,राजेन्द्रप्रसाद संग्रौला, संस्थापक सल्लाहकार कृष्ण धराबासी, ,सल्लाहकार हरिनारायण भट्टराई,विनोद खनाल,कोषाध्यक्ष,भवानी गौतम, सदस्य मिना अधिकारी,सल्लाहकार अनिरुद्र ओली, कवि मञ्जु बिमली, कनकाई प्रतिष्ठानका अध्यक्ष जीवननाथ सुवेदी,साहित्यकार डिपी शर्मा, नौमति बाजा समूहकी शोभा बिमली,सुशिला दाहाल, प्रेस सल्लाहकार भरत प्रसाई भाबुक लगायतको उपस्थिती रहको थियो ।