बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोडमा कर्मचारी सञ्चय कोषले नयाँ सेवा केन्द्र विस्तार गरको छ । 

 बिर्तामोडमा सेवा केन्द्र बिस्तार संगै सासवकको मेची अञ्चलका सञ्चयकर्ता कोषको सेवा लिन विराटनगर  धाउनु पर्ने बाध्यतालाई अन्य गर्न बिर्तामोड शाखा सञ्चालनमा ल्याईएको कोषकी विभागीय प्रमुख शान्ता गौतमले बताउनु भयो ।

  काठमाण्डौं बाहिर सेवा प्रवाह गर्ने आठ वटा शाखा कार्यलय र २ सेवा केन्द्र गरी १० वटा सञ्चालनमा रहेका छन् ।कार्यलयको सेवा केन्द्रका प्रशासाक सि ए जितेन्द्रले उद्घाटन गर्नु भएको थियो ।

2 2

 जनहितमा जारी

उहाँले सञ्चयकर्तारुको कोषको सेवालाई सञ्चयकर्ता मैत्री बनाउने प्रतिबद्वता व्यक्त गर्नु भयो । उद्घाटन कार्यक्रममा का.मु –सहप्रशासक भरतराज वस्ती,सम्पति व्यवस्थापन विभागका विभागीय प्रमुख शान्ता  गौतम, शाखा कार्यलय बिराटनगरका  कार्यालय प्रमुख राम शरण अर्याल, पत्रकार मोहन काजी, नेपाल पत्रकार महासंधका झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकार बिनोद पाण्डे, प्रदिप परीयार,भरत प्रसाई, उद्वव पुरी,रञ्जति परियार लगायतको उपस्थिती रहको थियो ।

कार्यक्रमको सञ्चालन सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले गर्नु भएको थियो ।