कनकाई। ३० कात्तिक, झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका ६ मा स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।
शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मुख्य निर्वाचन आयुक्त झापा जिल्ला न्यायधिस उमेशप्रसाद लुईटेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल , जिल्ला प्रहरी प्रमुख मिलन केसी लगायात झापा जिल्ला तथा स्थानीय दलका प्रतिनिधिको उपस्थितिमा कनकाई नगरपालिका ६ स्थित वडा कार्यलयमा निर्वाचन प्रयोजनका लागि कार्यालयको स्थापना गरिएको हो ।
निर्वाचन प्रयोजनका लागि कार्यालय सञ्चालनसगै आगामि मंसिर २ गतेदेखि निर्वाचन कार्यालयले आफ्ना निर्वाचनका गतिविधि गर्ने झापाका निर्वाचन कार्यालय प्रमुख तथा उपनिर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकृत तुलसीप्रसाद नेपालले जानकारी दिनुभयो । कनकाई ६ मा कुल २हजार ५८ मतदाता रहेकोे र मतदान स्थल स्थानीय चम्पापुर माविको मैदानमा २ वटा मतदानस्थल कायम गरिएको नेपालले बताउँनुभयो ।
यता झापाको एकमात्रै निर्वाचन स्थल कनकाई ६ भएकोले झापाका सबै जनपद र सशस्त्र प्रहरीलाई परिचालन गरिने र यसरी हेर्दा यस क्षेत्रमा जम्मा मतदाताको सङ्ख्या भन्दा धेरै सुरक्षाकर्मीको सङ्ख्या रहनेहुदा कुनै सुरक्षा चुनौती नभएको झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउँनुभयो ।
निर्वाचनका बेला अपनाउँनुपर्ने आचारसंहिताका वारेमा प्रमुख निर्वाचन आयुक्त उमेशप्रसाद लुईटेलले अवगत गराउनुभएको थियोे । झापामा एकमात्रै क्षेत्रमा निर्वाचन हुनलागेको र निर्वाचन हुन लागेको जिल्ला प्रधानमन्त्री तथा सभामुख उपसभामुख लगायातका अधिकाङ्गश शिर्ष नेताहरू रहेको गृह जिल्ला भएकोले समेत देशमा महत्वपुर्ण रुपमा हेरिएको छ ।

यस क्षेत्रका तत्कालिन अवस्थामा एमालेका तर्फबाट वडाध्यक्ष दिर्घबहादुर थापाले जितेको स्थान हो । गत असारमा क्यान्सर रोगका कारण मृत्यु भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
कनकाई ६ मा एमाले, काग्रेस र माओवादी र राप्रपा पार्टीको साथमा जनमत पार्टीले समेत आफ्नो उम्मेद्धारी दिने तयारी गरेको छ ।
भने स्वतन्त्र उम्मेद्धार लक्ष्मीप्रसाद ओलीले समेत उम्मेद्धारी घोषणा गरिसकेका छन । यसअघि एमालेका तुलाराम बस्नेत, माओवादीका युवा नेता गणेश थापा , कांग्रेसका रामगोपाल ओली र राप्रपाबाट नारायणप्रसाद निरौला र जनमत पार्टीबाट समेत शुकलाल राजवंशीलाई उम्मेद्धार बनाउने निश्चित भएको छ ।














