बिर्तामोड।  झापाको दमकमा  बगान चिया क्याफे सञ्चालनमा आएको छ  । 


उत्प्रेरक उधमी समाजद्वारा प्रवर्द्धन गरिएको बगान चिया क्याफे शनिबारदेखि सञ्चालनमा आएको हो ।

IMG_6332

क्याफेको उद्घाटन झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाले गरेका थिए  ।

8यस क्याफेमा विशेष गरी विभिन्न प्रकारको स्वादिष्ट चियाहरुको सेवा दिनुका साथै अल्पाईन ब्राण्डको चिया लगायत सम्पुर्ण सामाग्री समेत उपलब्ध  रहेको सञ्चालक सन्दीप गिरीले बताए। 

 पुर्व नेपाल डेरीको डेरी परिकार समेत सुपथ मुल्यमा पाइने उनले बताए। 

Capture 3बजार मूल्यभन्दा धेरै नै सस्तो मुल्यमा  सेवाहरु बगान चिया क्याफे दमकमा उपलब्ध गराउने बताउंदै उनले यस प्रकारको क्याफे बिर्तामोड, काकरभिट्टा, इटहरी, धरान लगायतका सहरहरुमा खोलेर सेवा प्रदान गर्ने जानकारी दिए। 

यस क्याफेमा उत्प्रेरक उधमी समाजका सम्पुर्ण सदस्यहरुलाई विशेष छुट रहेको उनले जानकारी  दिए।

IMG_6302

दमक चिया क्याफेमा आएका ग्राहकले सरल मूल्यमा सेवा पांउदा खुशी लागेको बताए।