काठमाडौं, मंसिर ७ । सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंमा जागरण सभा गर्ने भएको छ ।

एमालेले सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ लागेको हो ।

समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमको नेतृत्व गर्ने जिम्मा बागमती अध्यक्ष कैलाश ढुंगेललाई दिइएको छ ।

भद्रकालीबाट शुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।


uml_party_office_final_o2K4qqo2i6

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको एमाले नेताहरुको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने दाबी गरेको छ ।

काठमाण्डौमा आज एमाले बाहेक अरु समूहबाट पनि प्रदर्शन हुँदैछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्न लागेको हो ।