बिर्तामोड । सन्ध्या खनाल, अर्जुनधारा धामको ४२ औं वार्षिक अनुष्ठानको अवसरमा प्रमुख आतिथ्यता ग्रहण गर्न धार्मिक गु्रू श्री श्री १००८ कृष्णानन्द जी महाराज कालिदास मेचीनगर स्थित पाउ पाथिभरा हुँदै  अर्जुनधारा धाम आइपुग्नु भएको छ । 

 पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बाला चतुर्दशी मेलाको  आयोजना गरिने भएको छ ।

 धामको ४२ औं वार्षिक अनुष्ठानको अवसरमा मंसीर ८ देखि १५ गतेसम्म धार्मिक महायज्ञ हुने भएको छ  ।

आज आउनु भएका  धर्मगुरूलाई  पाउ पाथिभरा व्यवस्थापन समितिका अध्यक्ष तिलक गिरीले स्वागत  गर्दै पाथिभरा देविमाताको दर्शन गराउनु भएको थियो । 

उहाँले पाउ पाथिभरामा विश्वकै चर्चि ॐ परिवारका गुरू श्री श्री १००८ कृष्णानन्दको आगमन हुनु आफैमा प्रशन्नताकाे विषय भएको बताउनु भयो । 

गुरू श्री श्री १००८ कृष्णानन्दले पाँउ पाथिभराको भ्रमण गर्दै उपस्थित बटुक तथा भक्तजनहरूलाई शुभ आषिश प्रदान गर्नुभयो । उहाँले सम्पूर्ण हिन्दुहरू एक हुनुपर्नेमा जोडदिनु भयो ।   

भोलि शनिवार उदघाट्न हुने महायज्ञमा भारतका प्रतिष्ठित गुरूहरू साथै धार्मिक ब्यतित्वहरू लगायत एकै पटकमा करिव २ हजार जनाको उपस्थिति रहने र समापनमा ५ हजार भन्दा बढी हुने अर्जुनधारा धाम व्यवस्थापन समितिले जनाएको छ । 

1 8

 धामको ५० लाखको अक्षयकोष रहेको साथै सो कोषलाई दुई करोड रूपैयाँ पुर्याउने लक्ष्य साथ महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञमा  अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्व (मुल वाचक) र महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सह–आचार्य सहवाचक रहने र भारतबाट  आचार्य ब्राम्हणहरूको समेत उपस्थिति रहने धामले जनाएको छ ।

 अर्जुन नगरपालिकाका नगर प्रमुख बलदेव गाम्देन तथा अर्जुनधारा धामका  अध्यक्ष नविन गट्टानी,  पाउ पाथिभरा व्यवस्थापन समितिका अध्यक्ष तिलक गिरीले  धार्मिक गुरू श्री श्री १००८ कृष्णानन्द जी महाराज कालिदासलाई पाउ पाथिभरामा  स्वागत गर्नुभएको थियो ।