काठमाडौँ । इजरायल-हमास युद्धका कारण प्यालेस्टाइनमाथि भइरहेको बर्बर जनसंहारविरुद्ध काठमाडौँमा संयुक्त जनप्रदर्शन भएको छ ।

प्यालेस्टाइनमाथि इजरायलद्वारा भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियानले शनिबार काठमाडौँको माइतीघरमा जनप्रदर्शन तथा विरोध सभा गर्दै तत्काल युद्धविराम गर्न र त्यहाँको मानवीय जीवन सहज बनाउन माग गरेका छन् ।

इजरायल र प्यालेस्टाइनको इतिहासमै नभएको जनसंहार अहिले भइरहेको भन्दै त्यसलाई तत्काल रोक्न उनीहरूको अपिल छ ।

गतवर्ष इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा निरन्तर हमला गर्दै आएको छ ।

इजरायली आक्रमणका कारण अहिलेसम्म ४४ हजारभन्दा धेरै प्यालिस्टिनीहरूले ज्यान गुमाइसकेका छन् ।