काठमाण्डाै । राहदानी वितरणको काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । प्रणालीमा भाइरस प्रवेश गरेका कारण गएको बुधवारदेखि नै रोकिएको राहदानी वितरणको काम आजसम्म शुरू हुन सकेको छैन ।
आज राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूकाे अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।
गएकाे शुक्रवार विभागले आइतवारदेखि वितरणको काम हुने बताए पनि आज पनि प्रणालीमा खराबी देखिएको छ । अब भोलिदेखि राहदानी वितरण गर्ने तयारी थालिएको विभागले जनाएको छ ।
विभागले सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदेशका नेपाली नियोगहरूबाट राहदानी सेवा वितरण ठप्प रहेको जानकारी दिएको छ ।