झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा मण्डप, यज्ञमण्डप, १०८ श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण बनेका छन्।

शनिवार विश्व प्रसिद्ध हिन्दू धर्मगुरु कालिदास (कालिबाबा) तथा कृष्णप्रणामी धर्मगुरु मोहन प्रियाचार्यद्वारा उद्घाटन गरिएको धामको ४२ औं बार्षिक अनुष्ठानमा मण्डप, यज्ञमण्डप, श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण बनेका हुन्।

देश विदेशमा रहेका हिन्दू धर्ममा आस्था तथा धार्मिक पर्यटकहरू लागि यिनै सजावट आकर्षण बनेका हुन्।

IMG-20241123-WA0087धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (विजुली)को सजावटले शनिश्चरे बजार तथा धाम क्षेत्र प्रकाशमय बनेको छ। साँझपख त्यही प्रकाशमा फोटो खिच्ने तथा खिचाउने मानिसहरूको घुइँचो लाग्ने गरेको छ।

 जनहितमा जारी

धाम परिसर तथा सडकमार्गमा लगाइएको लाइट सिस्टम १० लाख भारतीय रुपैयाँमा लगाइएको धामसमितिका कोषाध्यक्ष मनोज जोशीले बताए।