कनकाई। चन्द्र बस्नेत, कनकाई ब्युरो प्रमुख, झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा केही समय अगाडिबाट उपनिर्वाचन अन्तर्गतको मतदान सुरु भएको छ।
७ बजेबाट सुरु हुने भनिएको मतदान ७:१० बाट सुरु भएको जनाएको छ । वडा न ६ को चम्फापुर माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ वटा मतदास्थबाट मतदान सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ।
पालिकामा रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । अहिले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपचुनाव भएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर तीन सय ७६ जना उम्मेदवार छन् । उपचुनाव हुने पालिकामा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् ।

जम्मा एक स्वतन्त्र सहित ९ जना उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ भने १ हजार ५८ जना महिला र १ हजार जना पुरुष गरी २०५८ जना मतदाता रहेका छन ।














