पालिका तहमा रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइहेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मतदाताको उत्साजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उज्यालोलाई दिनुभएको जानकारी अनुसार सबै केन्द्रमा उत्साजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपचुनावमा पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिर : दाने बोहरा/रासस


यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा रिक्त पदका लागि आज भइरहेको उपनिर्वाचनमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुर मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : अजयकुमार साह/रासस

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा रहेकाे दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडा अध्यक्ष पदको लागि उपनिचुनामा मतदान गर्दै मतदाता । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस

बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष पदका लागि मतदान गर्न पुगेका जेष्ठ नागरिक । तस्बिर : भावुक याेगी 

काठमाण्डाै महानगरपालिका वडा नम्बर १६ मा रिक्त पदका लागि भएको उपचुनावमा बालाजुमा रहेकाे तरुण मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : हरिराम भेटुवाल/रासस

हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपचुनावमा सर्केगाड गाउँपालिका–३ मा रहेकाे आरभूत विद्यालयमाको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा/रासस

काठमाण्डाै महानगरपालिका वडा नम्बर १६ मा रिक्त पदका लागि भएको उपचुनावमा बालाजुमा रहेकाे तरुण मावि मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता । तस्बिर : हरिराम भेटुवाल/रासस

गुल्मीकाे मुसिकोट नगरपालिका –१ मा वडाध्यक्ष पदको लागि मतदान गर्दै मतदाता । तस्बिर : जनार्दन घिमिरे 

बर्दियाकाे ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष पदकाे उपचुनावमा लागि मतदान भइरहेकाे मतदान स्ठल। तस्बिर : भावुक याेगी