दमक । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आइपुग्नु भएको छ । प्रधानमन्त्री ओली गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आईपुग्नु भएको हो । मेचीनगर नगरपालिका रोडमा सर्वसाधारणले नाराबाजी गरेका थिए । ओलीविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका ओली भद्रपुर विमानस्थलमा उत्रनु भएको थियो । विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नु भएको थियो ।

मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रमको उद्घाटनका लागि ओली यहाँ आउँदा नाराबाजी भएको हो। 

ओलीले दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्न त्यस तर्फ जाने कार्यक्रम रहेको नेकपा एमाले पार्टी कार्यलय बिर्तामोडले जनाएको छ । 


दुई दिनसम्म गृह जिल्ला रहने प्रधानमन्त्री ओलीले भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने जनाइएको छ  । 


सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३) बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधनमा प्रधानमन्त्री व्यस्त हुनेछने छ । 


एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहको छ ।