काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको छ । पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनायो । उसका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । सुदूरपश्चिममा किशोर महतोले चार तथा शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट लिए ।

जनकपुर बोल्ट्स यसअघि आफ्ना चार वटै खेलमा विजयी हुँदै आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसैगरी चार खेलमा तीन वटा जितेको सुदूरपश्चिम रोयल्स छ अङ्कसहित दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेल खेलेको काठमाण्डौले एउटा खेल जितेको छ भने दुई वटा हारेको छ । लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।