३ पुस,बाहुनडाँगी । झापाको मेचीनगर—२ बाहुनडाँगीमा बुधबारदेखि पाचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

मेचीनगरमा नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण यतिबेला मेचीनगर—२ खेलमय बनेको छ । मेचीनगर नगरपालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी नगरस्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको हो ।

Capture 2जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले एक भव्य समारोहकाबीच विधिवत उद्घाटन भएको घोषणा गर्नुभयो ।

cup111111111 1राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताउनुभयो ।

मेची जनसाधारण माध्यमिक विद्यालयको प्रागणमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो ।