कनकाई,   ११ पौष २०८१   ।  चन्द्र बस्नेत, आफुबाट धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन)ले बताउनुभएको छ ।

तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिस्ठान कोशी प्रदेश  कार्य समिति तथा भगवती माता महारानी मन्दिर चिल्लागढ समितिद्वारा संयुक्त रुपमा आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्की (काफ्ले)को जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा  धार्मिक तथा पर्यटकीयस्थल  शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थोप्राले सो कुरा बताउनुभएको हो । 

उहाँले  धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवर्द्धन  प्रचारप्रसार एवम्  धामीझाँक्रीहरुको समेत  संरक्षणमा स्थानीय सरकार लागिपर्ने  प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रममा थोप्राले आफ्नो परिवारमा पिता पनि धामीझाँक्रीनै भएको र धेरै पहिला देखिनै उहाँबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको सुनाउनु भएको थियोे ।

"नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो ।

धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ" यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड  दिदै नगर प्रमुख थोप्राले अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नविकरण गर्नका लागि  नगर धार्मिक तथा पर्यटकिय स्थल चिल्लागढमा  झाँक्रीहरुको तिर्थको आयोजना गरिएकोमा खुशी प्रकट गर्नुभएको थियोे ।

तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा भएको कार्यक्रममा कोशी प्रदेशका  झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटा लगायत जिल्लाका माता(झाँक्रेनी) तथा धामी (झाँक्री) गरि  २ सय  भन्दा बढी धामीझाँक्री हरुको सहभागीता रहेको थियो।

कार्यक्रमलाई सम्बोधनका क्रममा  अध्यक्ष भेट्वालले समाज टुट्न होईन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार गर्नु र पर्यटनहरु भित्र्याउनु पनि आफुहरुको मुख्य उश्येय रहेको बताउनुभएको थियोे ।

WhatsApp Image 2024-12-25 at 20.55.08 (1)

चिल्लागढको चिनारी एवम् माता तुलसा देवीकार्की (काफ्ले )को जिवनी र उपचार पद्धतिको 

पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धान कर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष  भेट्वालले आफुसहित अन्य चन्द्रमणि रिमाल, डिल्लीराम खतिवडा सहित विभिन्न व्यक्तिहरुको अथक मेहनत र माता सगको डेड वर्षभन्दा धेरैको संङ्गत खोज अनुसन्धान बाट मात्रै पुस्तक प्रकाशन गर्न सफल भएको सुनाउनु भएको थियो।

लामोसमय सम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवताका साथमा उधौलीको अवसर पारी गुरुपुजा  विभिन्न  धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका मान्ने चलन मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी नगरपालिका९ मा रहेको धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढ परिषरमा र्याली भेला तथा ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) चिन्ताको आयोजना गरि मनाएको हो ।

 कोशी प्रदेशका विभिन्न जिल्लाका धामीझाँक्री मंगलबार बिहानदेखि धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा जम्मा भएका थिए । धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै मंगलबार रातभर प्रस्तुत गरेको  धामी नाच हेर्न चिल्लागढमा बूढापाका, युवायुवती तथा केटाकेटी उल्लेख्य उपस्थिति रहेको थियोे । 

कार्यक्रम सफल पार्न कोशी प्रदेश समन्वय समितिका सचिव डिक बा.कार्की, कोषाध्यक्ष रोशन सार्की  सल्लाहकार समितिका संयोजक इन्द्र वर रिमाल, भगवती माता महारानी मन्दिर समितिका, सचिव डिल्लीराम बाँस्कोटा सदस्यहरु  चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्वापो सचिव वेदनिधि अधिकारी लगायत पदाधिकारी झाँक्री थान होम नाथ अधिकारी,चन्द्र  कुमार दियाली, झरीलाल चौधरी,  धनमान खाती, खडानन्द  अधिकारी, कमल बास्तोला, होम नाथ अधिकारी,चन्द्र  कुमार दियाली, झरीलाल चौधरी लगायत झाँक्री गुरुहरु कार्यक्रम प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने स्थानीय चिल्लगढ धाम बासी सम्पुर्णमा अध्यक्ष भेट्वालले आभार प्रकट गर्नुभएको थियोे ।

कार्यक्रममा वडा नं. ९ का अध्यक्ष डिल्ली फ्याम्वु , माता तुलसादेवी कार्की (काफ्ले ) चिल्लागढ धाम व्यवस्थापन समिती अध्यक्ष शिशिर तुम्बाफो, धाम परिषरमा रहेका विभिन्न मन्दीर का अध्यक्षहरु  दिननाथ खतिवडा , झलक सिंह अधिकारी ,गङ्गाराम न्यौपाने , मेधनी दङ्गाल, जयनारायण पौडेल  लगायत दर्जन बढी प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

उद्घाटनसत्रको स्वागत झाँक्री डिल्लीराम बास्कोटाले गर्नुभएको थियोे भने संचालन आयोजक समितिका सचिव डिकबहादुर कार्कीले गर्नुभएको थियो ।

त्यसपछिको सम्पूर्ण कार्यक्रमको सहजीकरण तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष  भेट्वालले गर्नुभएको थियो ।