बिर्तामोड । भरत प्रसाई, परोकार नै उतम धर्म,उत्तम साधना हो भन्ने उदेश्यले मेचीमहाकालि बुहारी संयुक्त आवाजकी झापा जिल्ला संयोजक  बिर्तामोड ८ गरामुनी निवासी गंगा भट्टराईले  बिर्तामोड ४ मा रहेको मायाघरमा बसोबास गर्ने बृद्वबृद्वाहरुलाई खाद्यान्य सामाग्री सहयोग गर्नुभएको छ ।

WhatsApp Image 2024-12-28 at 14.52.14 (1)

एक थोपा पानिले नै समुन्द्र बन्छ भनेझै भट्टराईले आधुनिक समाज समक्ष राम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ ।  अरुमा देख्न चाहने परिर्वतनको शुरुवात आफुबाटै गर्नु पर्छ भन्दै विगतमा पनि उहाँले यस्तै जिवनप्रेरणदायी काम गर्दै आउनु भएको थियो ।

उहाँले आफुसंग भनेजस्तो भएर सहयोग नगरेको बताउदै,परिर्वतनको थालनीमा मेचीमहाकालि बुहारी संयुक्त आवाज लागेकाले आफुबाटै यसको सुरुवात गरको बताउनुभयो । 

खाद्यान्य  वितरण कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष संगिना भट्टराई ,झापा जिल्ला सह–सचिव आरजु शर्मा, झापा जिल्ला सदस्य प्रर्मिला उप्रेती,निर्मला नेपाल साथै जियाना भट्टराई र कविता भट्राईको उपस्थिती रहेको थियो । 

WhatsApp Image 2024-12-28 at 14.52.13उहाँले आफ्नो निजी खाजा खर्च कटाएर ९ हजार मुल्यबराबरको सामाग्री मायाघरका बृद्वबृद्वा आमा बुबाहरुलाई सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।