बिर्तामोड । भरत भावुक प्रसाईं, कोशी प्रदेश सभा  अन्तर्गत न्याय प्रशासन तथा विद्यायन समितिले बिर्तामोड स्थित यातायात व्यवस्था कार्यलयका प्रतिनिधीसंग यातायात क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको छ ।

बिर्तामोड स्थित यातायात कार्यलयमा भएको कार्यक्रममा सम्बिन्धत सरोकारवालाहरुले यातायात क्षेत्रमा देखिएको चुनौति र समाधानका सवालमा समिक्षा सहित चर्चा गरेका थिए ।

IMG_8212कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले संधीय सवारी ऐन २०४९ मा परिर्वतन गर्नुपर्ने बताउनु भयो । उहाँले सवारी चालक अनुमति पत्र विना बिमा पुन नविकरण गर्नु नहुने बताउनुभयो।

उहाँले सवारीसाधनकाे हकमा  ५ लाख तोकिएको बिमा बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिकलाई प्रदेश तहबाट आउने प्राविधीक सहयोग बढाउनुपर्ने बताउनुभयो ।

IMG_8200
त्यस्तै मेची यातायत कार्यलयका प्रमुख प्रेमप्रसाद सापकोटाले तिन पाङग्रे सवारीसाधन व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले अझै २२ देखि २३ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकि रहको बताउदै सेवाग्राहीहरुले सास्ति खेप्तु गरेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला ट्राफिक कार्यलयका प्रमुख गणेश पौडेलले झापामा १५ वटा ट्राफिक प्रहरी युनिट रहेकोमा प्राप्त श्रोत र साधनको प्रयोग गरी झापाको ट्राफिक व्यवस्थापनमा जुटेको बताउनु भयो ।

पूर्व मन्त्रि तथा इलाम क्षेत्र नम्वर २ का सांसद कोशी प्रदेश सभाका सदस्य शमशेर राईले सम्पूर्ण सल्लाह र सुझावलाई प्रदेश सभा अन्र्तगतकाे न्याय प्रशासन तथा विद्यायन समितिमा राखी दिर्गकालिन निकास खोज्ने बताउनु भयो । 

अन्तरक्रिया कार्यक्रममा न्याय प्रशासन तथा विद्यायन समितिका सभापति कमला दर्नाल,सदस्यहरु इन्द्रमणि पराजुली,उद्वव थापा,गिता तिम्सना, रमेश कुमार बस्नेत,ललिता कुमारी चौधरी   शिला दिषित कार्की तथा प्रमुख जिल्ला अधिकारी श्री बन्धुप्रसाद बाँस्तोला लगायत झापाली पत्रकारहरुको उपस्थिती रहेको थियो ।