झापा । नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्य थपिएका छन् ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा पार्टी सभापति शेरबहादुर देउवालेझापाका सञ्जिव घिमिरेसहित १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।

उनले काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २५ र  ९९० बमोजिम सदस्यमा मनोनयन गरेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


 जनहितमा जारी

मनोनीत भएकामा कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मीनबहादुर भण्डारी, काठमाडौंका ध्रुब खड्का, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकका सिताराम परियार, सोलुखुम्बुका शम्भुहरि बाँस्तोला, झापाका सजिव घिमिरे, लमजुङकी जुनु गुरुङ, रौतहटका विजयकुमार सिंह र काठमाडौंका राजीव श्रेष्ठ छन् ।