कचनकवल । भरत भाबुक प्रसाई, नेपाली कांग्रेस कोशी प्रदेशले कचनकवल सगरमाथा जागरण अभियान नेपालकै होचो स्थान कचनकवलबाट शुरु गरेको छ ।

  संगठन सुदृढीकरण, ऐतिहासिक  खोज र सम्वृद्विको आधार भन्ने मुलनाराको जागरण अभियान  थालिएको  कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्वव थापाले बताउनुभयो । 

2 2

 असार २० गते सगरमाथाको फेदि सोलुमा पुगेर कार्यक्रमको समापन गरिने जागरण अभियान ७ महिना सम्म चल्ने छ ।

पार्टीले जलवायु परिवर्तन प्रभाव र पहिचान सम्बन्धमा आवाज उठाउनु पर्ने थापाको भनाइ छ । १४ जिल्लाको जागरण सकिएपछि जलवायु परिवर्तन र प्रभावका सम्बन्धमा तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउने थापाले बताउनु भयो ।

7

 कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै  थापाले पार्टी एकता र जनताका समस्या सुन्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । 

। कार्यक्रमको स्वागत कोशी प्रदेशका भौतिक पूर्वधार तथा राज्यमन्त्री भुमिप्रसाद राजवंशीले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका  शर्माले जागरण अभियान जनताको घरदैलोमा गएर उहाँहरुको दुख र समस्या सुन्नका लागि सञ्चालन गरिएको बताउनु भयो ।

नेपाली कांगे्रस केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमार कार्कीले जागरण सफल्ताको शुभकामना दिदै सम्पदा संग पार्टी जोडिनु पर्ने बताउनु भयो । उहाँले पार्टिलाई एकता र समृद्धिसंग जोड्न जागरण अभियान फलदायी हुने बताउनुभयो । 

888888888888888

नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्वव थापाकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

केन्द्रिय सदस्य कृष्ण सिटौला तथा  नेपाली कांग्रेसका महामन्त्री शर्मा लगायत १४ जिल्लाका सभापतिहरुले  एकताको प्रतिक सामूहिकरुपमा परेवा उडाएर कार्यक्रमको उद्घाट्न गरेका थिए ।