बिर्तामोड । ओमनारायण राजवंशी ,नेवाः देय् दबुको चौथो जिल्ला अधिवेशन तथा निर्वाचनलाई खलः पूचहरुले बहिस्कार गरेका छन् ।
झापाको बिर्तामोड स्थित इन्द्रेणी ब्याङ्क्वेटमा आयोजित अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरिएतानी नेवाः देय् दबुले खलः पूचहरुलाई सम्मानजनक सहभागिता गराउने मनसाय नभएपछि झापाका ७ वटा खलहरु आजबाट नै बाहिरिएको नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो ।
असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गरी प्रतिनिधी छनोटमा विभेद गरेको, खल ः पुचहरुलाई सम्मान जनक व्यवहार नगरेको, वरियताका आधारमा प्रतिस्पर्धात्मक अभ्यास भन्दा आफ्नो गुठ बनाए चलेको, झापा भित्र रहेका २ हजार बढी खलः पूचहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।
नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले नेवारी समूदायको भावनामाथी खेलेकोमा आपत्ति जनाउँदै एकता र आफ्नो जातिगत पहिचानका लागि चाँडै नेवा खल झापा गठन गरिने बताउनुभयो ।
नेवार समाज काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुले आफुहरुले तिरेको लेबी रकम फिर्ता
माग गर्दै निवेदन दिदाँ दादागिरी शैलीमा आफुहरुलाई धम्काई थर्काइ गरेकाे आरोप लगाउनु भयो ।
उहाँले संस्थामै नबस्ने भएपछि किन आफुहरुले तिरेको लेबीको पैसा फिर्ता नगरिएको भनी प्रतिप्रश्न गर्नु भएको थियो ।
चौथो जिल्ला अधिवेशन तथा निर्वाचनलाई नेवार समाज समिती काँकरभिट्टाका अध्यक्ष कमल गुभाजु,नेवाः पासा मुन पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, नेवाः खल बाहुनडाँगीका अध्यक्ष महेन्द्र मल्ल, नेवाःसमाजकल्याण गुठीका अध्यक्ष नारायण श्रेष्ठ, झिगु समाज दमकका सचिव कमल कुमार श्रेष्ठ, लगायत नेवाः झिगु खल धुलाबारी,नेवाःखल बुधबारे,नेवा समाज कल्याण गुठी पृथ्वीनगरका अध्यक्ष तथा प्रतिनिधीहरुले संयुक्त हस्ताक्षर गरेको निवेदन अधिनेशनमा प्रस्तुत गर्दै बहिस्कारको धोषणा गरिएको थियो ।














