काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूसँग आज सामूहिक छलफल गर्दै हुनुहुन्छ । 

सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

छलफल बिहान ९ बजे शुरू भएको छ । मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग पनि उहाँले संयुक्त छलफल गर्ने बताइएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुईरदुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ ।

सरकारमा कांग्रेसका तर्फबाट गृह, परराष्ट्र, शहरी विकास, स्वास्थ्य र ऊर्जासहित १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । 

नेपाली कांग्रेको  तर्फबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्नु भएको छ ।