काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञान बहादुर शाहीलाई पितृशोक परेको छ । प्रमुख सचेतक शाहीका पिता हरिबहादुर शाहीको सोमबार निधन भएको हो ।
क्यान्सर रोगबाट ग्रसित शाहीको उपचारको क्रममा ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
प्रमुख सचेतक शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन् ।