साहित्य चौतारी झापाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको बिर्तामोड स्थित चौतारीको सभाहलमा आयोजित कार्यक्रममा रजत स्मारिका पूर्ण लोकार्पण , संस्था तथा सष्टा सम्मान , पुस्तकालयको उद्धाटन , अक्षयकोष हस्तान्तरण लगायतका कार्यक्रम सु -सम्पन्न गरेको हो ।
कार्यक्रमका बिच त्रिफला राष्ट्रिय पुस्तकालय, देवकोटा स्मृति भवन भद्रपुर , वरिष्ठ साहित्यकार हेम अधिकारी, वरिष्ठ चित्रकार डिल्ली कृष्ण आले, गायक तथा संगितकार प्रदिप देवान, अग्रज स्वास्थकर्मी लालबहादुर सुब्बा, गायक तथा संगितकार मात्रिका संग्रौला ,साहित्यकार लक्ष्मीअच्युत ढुंगाना,साहित्यकार होमनाथ अधिकारी लगायतलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।
सुब्बालाई दिर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमका बिच संस्थापक श्रेष्ठको ३९औ वैवाहिक बर्ष गाँठको उपलक्ष्यमा उपस्थित साहित्यकार तथा स्रष्टाहरुले शुभकामना दिदै खादा माला र दोसल्ला लगाई श्रेष्ठ दम्पतीलाई सम्मान गरेका थिए ।
सहिद माता पिता र सम्पूर्ण पृत्रिका साथै अमर स्रष्टाहरुलाई सम्झदै एक मिनेट मौन धारण गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।
साहित्य चौतारीका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मदन पुरस्कार पुरुस्कार विजेता प्रखर साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यता रहेको थियो । भने विशिष्ट आतिथ्यता प्राज्ञ.सुनिता वाङदेल चेलीको रहेको थियो।

स्मारिकाको पूर्ण लोकार्पण कार्यक्रमका प्रमुख अतिथी कृष्ण धरावासी , संरक्षक देवीभक्त श्रेष्ठ, त्रिफला राष्ट्रिय पुस्तकालयका संयोजक प्रेम प्रकाश फलारी,प्राज्ञ, सुनिता वाङदेल चेलि लगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
स्मारिका प्रकाशन समितिका संयोजक राजेन्द्रप्रसाद संग्रौलाले स्मारिकाको औचित्यमाथी प्रकाश पार्दै स्मारिका साहित्य चौतारीको इतिहास भएको बताउनु भयो । उहाँले स्मारिकामा ५ सय पृष्ठको रहेको बताउनु भयो ।

पहिलो खण्डमा १ सय १३ वटा गजल , कविता र गीत रहेका छन् । केही लेख पहिलो र दोश्रो स्मारिकाबाट साभार गरिएको उहाँको भनाई छ ।
साहित्य चौतारीले पुस्तकालयको पनि उद्घाटन गरिएको छ । करिव २०० बढी पुस्तक पुस्तकालयमा राखिएको साहित्य चौतारिका अध्यक्ष देविभक्त श्रेष्ठले बताउनु भयो । त्रिफला राष्ट्रिय पुस्तकालयले २५ हजार मूल्य बराबरको १ सय ६ वटा पुस्तक हस्तान्तरण गरेको छ ।
पुस्तक हस्तान्तरण गर्न पाउँदा आफुहरुलाई खुसी लागेको त्रिफला राष्ट्रिय पुस्तकालयका संयोजक प्रेम प्रकाश फलारी बताउनु भयो ।
उहाँले लामो समय पछि विर्तामोडमा पुस्तकालय निर्माण हुनु सुखत पक्षरहेको बताउदै यसले पठन सिपलाई वृद्धि गराउन मद्धत पुर्याउने बताउनु भयो ।
उहाँहरुले खेलेको भुमिकाको कदर गर्दै साहित्यकार हरिनारायण भट्टराई, अर्जुनधारा धामका प्रमुख अग्नीप्रसाद सिग्देल , युवराज रिजाल,पूर्व अध्यक्ष टंक विकल्प, हस्त परियार लगायत लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा दिवङगत हुनु भएका सर्जकहरु कुमार सुब्बा, नर्बु छिरिङ शेर्पा , तारा दुेवी ,योगश वैध, हिरादेवी वाइवा र अरुणा लामा लाई उहाँहरुको सृजनाको माध्यमबाट स्मरण गरिएको थियो ।
साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले साधुटार शक्ति पिठको उन्नयनका र बिकासका निम्ति ५१ हजार १ सय रुपैयाको अक्षयकोष हस्तान्तरण गर्नु थियो ।
कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल, गजलकार केशव आचार्य, पत्रकार भिमा शिवाकोटी , साहित्यकार तथा साहित्य चौतारीकार्य समिति सदस्य देवी संग्रौला, संगित उपाध्यक्ष शान्ता पौडेल, साहित्यचौतारीका महासचिव गौरव श्रेष्ठ संरक्षणक उर्मिला बिमली श्रेष्ठ , कार्यसमिति सदस्य मनिसा भट्टराई ,साहित्यकार उपेन्द्र प्रसाद आचार्य,राजेन्द्र चाँपागाई , भवेन्द्र गौतम , कार्यसमिति सदस्य एन वि नवीन दाहाल, साहित्यकार मुक्ति बराल लगायत दजनौ साहित्यकार तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चौतारीको स्वागत गितले संरक्षक श्रेष्ठले र शब्दद्वारा चौतारीका उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गर्नु भएको थियो ।














