बिर्तामोड ।  झापाको बिर्तामोडमा एडभान्स पेन  स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ ।  आज बिहिबार आयोजित पत्रकार भेटघाटमा जनाइए अनुसार आगामी शनिबारबाट औपचारिक रुपमा क्लिनिक सञ्चालनमा आउन लागेको हो । 

ठूलो समस्याको रुपमा रहेको दुखाइलाई कम गर्ने लक्ष्यका साथ  झापाका चारजना वरिष्ठ चिकित्सकहरूको संयुक्त लगानीमा क्लिनिक सञ्चालन गर्ने तयारी गरिएको हो ।  

क्लिनिकबाट डाक्टर निरु नेपाल ,डाक्टर पुष्पक रेग्मी ,डाक्टर मुस्कान श्रेष्ठ र डाक्टर कविर श्रेष्ठले दैनिक सेवा दिने छन् । 

 सञ्चालक डाक्टरहरुका अनुसार पूर्व क्षेत्रमै पहिलोपटक यस्तो सेवा दिन लागिएको हो । 

जहाँ विशेषज्ञ पेन फिजिसियन डाक्टरहरूबाट उपचार हुने गर्दछ ।  शो क्लिनिकबाट अत्याधुनिक उपकरणसहित अल्ट्रा साउन्ड गरिनाका साथै दुखाई व्यवस्थापनमा फिजियोथेरापी सेवासमेत उपलब्ध हुने सञ्चालक समेत रहेका डाक्टर पुष्पक रेग्मीले जानकारी दिए । 

कुनै पनि दुखाइ  लामो समयसम्म शरीरमा रहने वा तीन महिना वा सोभन्दा बढी हुने शरीरको दुखाईलाई  दीर्घकालीन समाधानकालागि पनि सेवा उपलब्ध हुने जनाइएको छ ।