चन्द्र बस्नेत / नेत्र बिमली
कनकाई, २७ माघ ।
झापा गाउँपालिकाले किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०/५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ जनालाई स्प्रे ट्याङ्की पालिकामा आयोजना गरिएको कार्यक्रममा सो सामाग्री वितरण गरिएको हो ।
करिब ४३ हजारभन्दा बढी जनसंख्या रहेको झापा गाउँपालिकामा गाउँपालिकाले कृषि , शिक्षा , स्वास्थ्य जेष्ठनागरिक , एकल , विपन्न लगायतलाई विशेष प्राथमिकता दिएको छ ।
सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको हो ।
जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको हो ।
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ ।
पालिकामा सिञ्चाइ सुविधा बढाउन झापा गाउँपालिकाले यतिबेला सबै वडाका कृषकका लागि सिचाइको मोटर स्प्रे ट्याङ्की वितरण गरिरहेको छ । गाउँपालिका भित्रका सबै वडामा आज आईतबार एकैसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो ।
पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न मोटर वितरण गरिएको उहाँले बताउनुभयो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको थियोे ।
झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि बिधुत महसुलमा ८० प्रतिशत र झापा बासीलाई ५० प्रतिशत बिधुत महसुस समेत तिरी दिदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो ।
कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत संचालित रहेको बताउदै यस आर्थिक बर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै , झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नु भएको छ ।
स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिनुभयो ।
झापा गाउँपालिका मकै खेतीको " मकै जोन " क्षेत्र भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखीनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको समेत प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।
थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो ।
किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि काम गरिएको थपलियाले बताउनु भयो ।
आजको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव ,७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर , निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल , कृषक एवं शिक्षा समिति सदस्य शुन्दरलाल गणेश , कृषक तविजो मिया ,कुमार मैनाली लगायतले आ आफ्नो प्रतिक्रिया सहित मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथी कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेती प्रष्ट पार्नुभएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।
गाउँपालिकाले कृषकहरुका लागी बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन अनुदान दिइरहेको निर्वाचित अध्यक्ष जय नारायण शाहले बताउनुभयो ।
त्यसैगरी गाउपालिकाले कृषकहरुका लागि मोटर सङ्सगै सिचाई मिटरमा समेत ८० प्रतिशत र गरिब तथा विपन्न हरुका लागि ५० युनिट सम्मको विधुत महशुल शुल्क समेत गाउँपालिकाले तिरिदिने गरेको उहाँले बताउनुभयो ।
यसैगरी गाउँपालिकाले शिक्षा अन्तर्गत निशुल्क शिक्षामाजोड, कक्षा ११ र १२ सम्म नै निशुल्क शिक्षा ,कक्षा १० सम्म नै छात्राका लागि निशुल्क साइकल वितरण , प्राविधिक शिक्षामा जोड, हरेक समुदाय स्तरीय आर्थिक सहयोग , मृत्यु संस्कारमा आर्थिक सहयोग , एकल महिला तथा पुरुषका लागि छुट्टै भत्ताको व्यवस्था ,
स्वास्थ्य अन्तर्गत हरेक सुत्केरी आमाका लागि ४ हजार पालन पोषण भत्ता, प्रतेक गर्भवती महिलाका लागी अस्पताल सम्म लाने र ल्याउने मिशुल्क एम्बुलेन्सको ब्यवस्था समेत गरिदै आएको निर्वाचित अध्यक्ष जय नारायण शाहले बताउनुभयो ।
पालिकाले जेष्ठ नागरिक , एकल पुरुष तथा महिला , सबै समुदायमा समान व्यबहार गर्दै आएको समेत पाइएको छ।














