झापा, ४ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा प्रहरी कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आज बिहान भद्रपुर नगरपालिका–८ स्थितमा जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत करिब ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडाले नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा पेला परेका हुन् ।
उनको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागी तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














