बिर्तामोड । ओमनारायण राजवंशी, बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी  अन्तर पालिका स्तरीय महिला फुटबल प्रतियोगिताका लागि प्रीम्याच प्रेस मिट सम्पन्न भएको छ । 

प्रेस मिटमा प्रतियोगिताका आयोजक समितिका सदस्य, प्रशिक्षक, र खेलाडीहरुले प्रतियोगिता सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरेका छन् ।  प्रतियोगितामा १० वटा टिमहरु भाग लिएका थिए ।

प्रीम्याच प्रेस मिटमा प्रतिस्पर्धी २ टिमका तर्फबाट कोच तथा म्यानेजरको उपस्थिती रहेको थियो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै कनकाई नगरपालिकाकी कोच कुशमा राईले प्रतियोगिता जित्न आफ्नो टिमको हर प्रयास रहने बताउनु भयो ।

उहाँले अर्जुनधारको टिम शसक्त रहेकाले खेलको अवस्था हेरी आफ्नो रणनिति बदल्ने  बताउनुभयो ।


IMG_2715

त्यस्तै अर्जुनधारा नगरपालिकाकी कोच  जेनिफर राणाले प्रतिस्पर्धा भएकाले नतिजा यसै भन्न नसकिने बताउनु भयो । 

प्रतियोगिताको प्रमुख उद्देश्य महिला फुटबलको विकास र प्रोत्साहन गर्नु रहेको बिर्तामोड खेलकुद बिकास समितिका उपाध्यक्ष सन्तोश गुरुङले बताउनुभयो ।

 प्रतियोगितामा १०पालिकाहरूको सहभागिता रहेको छ, जसमा बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, दमक, बुद्धशान्ति गाउँपालिका समावेश छन्।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

फागुन ५ भोली सोमबार हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

IMG_2726लागि प्रीम्याच प्रेस मिटमा बिर्तामोड नगरपालिका खेलकुद बिकास समितिका उपाध्यक्ष गुरुङ,अर्जुनधारा नगरपालिकाका टिम म्यानेजर पुष्प मादेन, कनकाई नगरपालिकाका म्यानेजर सन्त बहादुर रायमाझी लगायतको उपस्थिती रहेको थियो ।  

प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।