झापा— झापाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीकी १४ वर्षीया सम्झना राजवंशीको उपचारका लागि संकलित सहयोग रकम उनको परिवारलाई  रु. ३१ हजार हस्तान्तरण गरिएको छ।

मृगौला फेल र मुटुमा समस्या देखिएकी राजवंशीको उपचार खर्च जुटाउन राजवंशी खेलकूद विकास समितिले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए।


सहयोग संकलनका लागि शनिबार बिर्तामोडको भाटभटेनी अगाडि तथा सोमबार कचनकवल गाउँपालिका-६   बनीयानीको हुकाहुकी चोकमा पानीपुरी र चट्पटे बिक्री गरि आर्थिक सहयोग संकलन गरिएको समितिका सचिव गिरिबन्धु राजवंशी(गौतम)ले  बताउनु भयो  ।

 जनहितमा जारी

यी कार्यक्रमबाट प्राप्त सहयोग रकम बुधबार आयोजक समितिले नानीको परिवारलाई हस्तान्तरण गरेको हो।


बिरामी बालिकाको परिवारले सहयोग रकम सानै भए पनि यसले ठूलो आशा दिएको बताउँदै अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

समितिको अध्यक्ष बुधकरण राजवंशी परिवारलाई थप सहयोग आवश्यक रहेको बताउँदै इच्छुक महानुभावलाई यो पुन्य कार्यमा सहभागी हुन अनुरोध गरेका छन् ।