बिर्तामोड । फागुन १५, बिर्तामोड ३ स्थित  निदि माध्यमिक विद्यालय तथा इन्द्रेणी क्याम्पसले आफ्नो १०औं वार्षिकोत्सव धूमधामसँग सम्पन्न गरेको छ।

 विद्यालयको दशौं वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरू, अभिभावक र स्थानियबासीहरुको   बाक्लो सहभागिता रहेको थियो।

7777777777

 निदि  माध्यमिक विद्यालय तथा इन्द्रेणी क्याम्पसका अध्यक्ष रमेश प्रसाईको अध्यक्षतामा रहेको कार्यक्रममा वि.स २०७१ सालबाट वि.स २०८१ सम्म विद्यालयको उन्नयनमा  विशेष योगदान पु¥याउने भाइस प्रिसिन्पल रामकृष्ण दाहाल,  शिक्षिका निरमाया अधिकारी, सारदा उप्रेती, शिक्षक धनश्याम पौडेल, लगायतलाई दिर्घसेवा सम्मानबाट  सम्मानित गरिएको थियो । 

वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथी बिर्तामोड नगरपालिका शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन्द भण्डारीले गर्नुभएको कार्यक्रमको स्वागत क्याम्पसका प्रधानाध्यापक  रञ्जितकुमार शाहले गर्नु  भएको थियो ।

4444444444

प्रमुख अतिथी शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीले  विद्यालयको १० वर्षको यात्रा र शैक्षिक प्रगतिको चर्चा गर्दै, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको योगदानलाई प्रशंसा गर्नुभयो ।

उहाँले प्रतिस्पर्धा बिचबाट २ हजार भन्दा बढी बिद्यार्थी बनाउन सफल हुनु विद्यालयको सफल्ता रहेको बताउनु भयो ।

उहाँले निदि  विद्यालयले  शिक्षाको गुणस्तरीयतामा कुनै सम्झौता नगर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

  उहाँले शिक्षा मात्रै राष्ट्रको प्रगति र समृद्धिको आधार  रहेको बताउनु भयो ।  निदि माध्यमिक विद्यालयले यस दशकभरि उत्कृष्ट शैक्षिक परिणाम र सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेको  बताउनुभयो । 

कार्यक्रममा विद्यालयका छात्र–छात्राहरूले विभिन्न सांस्कृतिक प्रस्तुती,  गीत  र नृत्य प्रस्तुत गरेका थिए ।

333333333

विद्यालयका  व्यवस्थापा समितिका अध्यक्ष  रमेश प्रसाईले  विद्यालयको प्रगति विरण प्रस्तुत गर्दै विद्यालयको भावी योजना प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयको दसौं वर्षको यात्रा र उपलब्धिहरूको बारेमा जानकारी  दिदै अध्यक्ष  प्रसाईले  १० वर्षको सफलताको यात्रामा अनेकौं चुनौतीहरूको सामना गरेको बताउनु भयो ।

उहाँले सम्पूर्ण  विद्यार्थीहरु लगायत शिक्षक–शिक्षिकाहरूको अथक परिश्रम र समर्पणले  १० वर्ष सम्मको यात्रा सम्भव भएको  बताउनु भयो । 

12345666666

कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिहरूको लागि सम्मानित गरिएको छ । यस अवसरमा विद्यालयले विभिन्न खेलकुद र शैक्षिक प्रतिस्पर्धाहरूमा सहभागिता जनाउने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा  प्यापशन जिल्ला अध्यक्ष  छत्रबहादुर कार्की, हिसानका कार्यवाहक जिल्ला अध्यक्ष उतम  खनाल,प्यापशनका वरिष्ठ उपाध्यक्ष  हरि कृष्ण पाठक , विद्यालय व्यवस्थापन समितिका सदस्य ओमनाथ गौतम ,बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायताको प्रमुख आतिथ्यता रहेको थियो । 


 यस प्रकारका कार्यक्रमहरूले विद्यालयको समाजिक, सांस्कृतिक र शैक्षिक समृद्धिमा ठूलो योगदान पुर्याउने  बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष बुढाथोकीले बताउनु भयो ।

उहाँले युवाहरु नकारात्मक्तामा बढी रुमलिने भएकाले प्रविधीको बिकास भएता पनि युवाहरु संर्किण बन्दै गएका बताउनु भयो ।